इटलीमा कोरोनाले भयावह रुप लिदै, मृत्यु हुनेको संख्या ४ सय ६३ पुग्यो

इटलीमा कोरोनाले भयावह रुप लिदै, मृत्यु हुनेको संख्या ४ सय ६३ पुग्यो


२७ फागुन, काठमाण्डौ ।
चिनमा भने कोरोना लगभग नियन्त्रण नजिक आइहेकाबेला उता इटलीमा भने कोरोना भाइरसले भयावह स्थिति सिर्जना गरेको छ। कारोनाको संक्रमणबाट त्यहाँ एकै दिन सय जनाको मृत्यु भएको त्यहाँका अधिकारीले जनाएका छन् ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार मंगलबार बिहानसम्म इटलीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ६३ पुगेको छ।

यसरी कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि इटली सरकारले सबै बासिन्दालाई घरभित्रै बस्न निर्देशन दिएको छ ।
सोमबार एकै दिन सय जनाको मृत्यु भएपछि इटलीमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ४ सय ६३ पुगेको हो।
इटलीमा अहिलेसम्म ९ हजारभन्दा बढी व्यक्तिमा संक्रमणको पुष्टि भएको छ।

कोरोना भाइरसको संक्रमण तथा मृत्युको तथ्यांकले चीनपछि सबैभन्दा बढी प्रभावित मुलुक इटली देखिएको छ।

चीनमा अहिलेसम्म ३१ सयभन्दा बढी मानिसको मृत्यु भएको छ। ८० हजार संक्रमित देखिएका छन्।