सुनको मूल्यले राख्यो नयाँ किर्तिमान, हालसम्मकै उच्च मूल्यमा कारोबार हुदै

सुनको मूल्यले राख्यो नयाँ किर्तिमान, हालसम्मकै उच्च मूल्यमा कारोबार हुदै

२७ फागुन, काठमाण्डौ ।
सुनको मूल्य बढेर अहिले सम्मकै उच्च मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायीले बताएको छ । सोमबारको तुलनामा छापावाला सुनको भाउ मंगलबार २०० रुपैयाँले बढेर ८२ हजार ७०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन आइतबार छापावाला सुनको भाउ प्रतितोला ८२ हजार ५०० रुपैयाँ थियो ।
यस्तै, तेजावी सुनको भाउ पनि २०० रुपैयाँले नै बढेर ८२ हजार ४०० रुपैयाँ पुगेको छ ।
चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले घटेर मंगलबार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको सुन–चाँदी व्यवसायी महासंघले बताएको छ ।