May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

यि हुन् दिमाग सधैँ तेज पार्ने काइदा

यि हुन् दिमाग सधैँ  तेज पार्ने काइदा

२७ फागुन, काठमाण्डौ ।
दिमागलाई तेज बनाउनको लागि दिमागलाई चलाउन पर्छ । यसको लागि हामीले केही यस्ता काम गर्न पर्छ जसले दिमाग तेज र सधैं सक्रिय रहन्छ ।
३५ वर्ष पुगेपछि हरेक दिन हामीले ७ हजार दिमागका कोषहरु गुमाउन पुग्छौ । तनाब र निराशाले स्मरण शक्ति हुने दिमागको हिपोक्याम्पसको आकारलाई सानो बनाइदिन्छ । तर नियमित एक्सरसाइजले यस्तो प्रभावसँग डटेर लड्छ । नियमित एक्सरसाइज वा योगा गरेमा तपाईको दिमाग तेज पनि हुन्छ ।
चिन्ता केही हदसम्म पनि राम्रो हुन्छ । जस्तै कुनै काम सफल पार्नका लागि कसरी गर्ने भनेर चिन्ता लिनु स्वभाविकै हो । तर, नचाहिने कुरामा बढी चिन्ता लिँदा दिमागलाई त असर नै गर्छ । त्यसैले अनावश्यक चिन्ता लिन हुन्न ।
दिमाग तेज बनाउन म्युजिकल इन्स्ट्रुमेन्ट बजाउनु धेरै राम्रो मानिन्छ । दिमागलाई तेज बनाउनको लागि यो भन्दा राम्रो विकल्प अरु हुन सक्दैन ।
धेरै सुत्नाले पनि डाइविटिज जस्ता गम्भीर विमारहरु हुने सम्भावना बढ्छ । यसकारण ७ देखी ९ घण्टा नियमित सुत्न स्वस्थ्यविज्ञहरु सुझाव दिन्छन ।
धुम्रपानले दिमागले सोच्ने र सम्झने क्षमतामा ह्रास आउछ जसले गर्दा दिमागको कोषिकाले काम गर्न छोड्छ । यसको साथै फुर्सदमा केही समय मिलाएर भिडियो गेम खेल्ने हो भने यसले दिमाग तेज बनाउँछ । तर, यदि तपाई दिनभर भिडियो गेमहरु खेल्नुहुन्छ भने यो स्वास्थको लागि ठिक होइन ।