May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

नेपालले गर्यो कतारका लागि श्रमस्वीकृति स्थगित

नेपालले गर्यो कतारका लागि श्रमस्वीकृति स्थगित

२७ फागुन, काठमाण्डौ ।
वैदेशिक रोजगार विभागले व्यक्तिगत र संस्थागत रुपमा कतार जाने नेपालीको लागि श्रमस्वीकृति दिन मंगलबारदेखि स्थगित गरेको छ । विभागले अर्को सूचना जारी नभएसम्म कतारका लागि श्रमस्वीकृति नदिने जनाएको छ ।
कतारले कोरोना भाइरस को संक्रमण जोखिमलाई न्यूनीकरण गर्न नेपालसहित १४ मुलुकका नागरिकलाई आफ्नो देश प्रवेश गर्न रोक लगाएसँगै विभागले श्रमस्वीकृतिमा रोक लगाएको हो । कतार सरकारले आईतबार यस्तो प्रतिबन्धको घोषणा गरेको हो ।
पछिल्लो समय कतार नेपाली कामदारका लागि वैदेशिक रोजगारीको राम्रो गन्तव्य बनेको थियो । दैनिक ३५० भन्दा बढी नेपाली कामदार रोजगारीका लागि कतार जाने गरेका छन् ।
कतारले सोमबारदेखि नेपालसहित १४ देशका नागरिकलाई प्रवेश रोक लगाएको थियो । श्रमस्वीकृति पाएका झन्डै ५ सय नेपाली नागरिक सोमबार त्रिभुवन विमानस्थलबाटै फिर्ता हुनु परेको थियो ।

कतारले सोमबारदेखि लागू हुने गरी नेपालसहित १४ देशका नागरिकलाई आफ्नो देशमा आउन प्रतिबन्ध लगाइसकेको छ।  कतार सरकारले सूचना जारी गर्दै नेपालसहित, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरिसकेको छ।


दोहा उडान गर्ने कतार एयरवेज, नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले पनि नेपाली नागरिकको यात्रामा रोक लगाएका छन् ।