निउ इलेक्ट्रिक स्कूटरको शोेरूम चितवनमा

निउ इलेक्ट्रिक स्कूटरको शोेरूम चितवनमा

२७ फागुन, काठमाडौं ।
चितवनमा निउ इलेक्ट्रिक स्कूटरको शोेरूम सञ्चालनमा आएको छ । इको इफिनिटिक प्रालिले बजारमा ल्याएको स्कूटरलाई पिनाकल मोटोरोडले भरतपुरमा सञ्चालनमा ल्याएको हो । उक्त शोरूमको उद्घघाटन शुक्रवार उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले गरे ।
उक्त अवसरमा अबको युग वातावरणमैत्री र प्रदूषणमुक्त हुनुपर्ने बताउँदै निउ इलेक्ट्रिक स्कूटरले वातावरण प्रदूषण कम गर्ने र उपभोक्ताको खर्च घटाउने अध्यक्षको भनाई रहेको छ ।
त्यस्तै इको इफिनिटिकका प्रमुख उज्ज्वल जोशीले दुईपांग्रे सवारीमा निउ इलेक्ट्रिक स्कूटरले ग्राहकको मन जित्ने विश्वास व्यक्त गरे ।
एकभन्दा बढी विक्री कक्ष भएको र ‘क’ वर्गको बैंकबाट फाइनान्स सुविधा पाइने यो स्कूटर नेपालमै नम्बर प्लेट प्राप्त गर्ने पहिलो इलेक्ट्रिक सवारी भएको उनको भनाइ छ । पेट्रोल स्कूटरका तुलनामा यो स्कूटर प्रयोग गर्दा वार्षिक रू. ५० हजार खर्च कम गर्न सकिने कम्पनीको दाबी छ ।