कोरोनाको आशंका लागे आफैं क्वारेन्टाइनमा बस्नुपर्ने

कोरोनाको आशंका लागे आफैं क्वारेन्टाइनमा बस्नुपर्ने

फागुन २७, काठमाडौँ ।
चीनको वुहान शहर बाट माहामारीको रुपमा फैलिएको कारोना भाईरस नेपालमा कुनै व्यक्तिमा कोरोनाको आशंका देखिएमा आफैं क्वारेन्टाइनमा बस्नु पर्ने सरकारले जनाएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै स्वास्थ्य मन्त्री भानुभक्त ढकालले चीनबाट विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राखेजसरी नराख्ने बताएका हुन् ।
सेल्फ क्वारेन्टाइनमा बसेका बेला रुघाखोकी र ज्वरो आएमा अस्पतालमा परीक्षण गर्ने र कोरोना संक्रमण पोजेटिभ देखिएमा मात्र राज्यले जिम्मा लिने भएको छ सरकारले ठुलो समुहलाई क्वारेन्टाइनमा राख्नु पर्ने अवस्थामा मात्र भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनलाई प्रयोग गर्ने भएको छ ।
चीन, दक्षिण कोरिया, जापान, फ्रान्स, जर्मनी, इटाली र इरान बाट स्वदेश फर्किन चाहने नेपालीलाई त्यहाँको चिकित्सकले ७ दिन अघी देखी कोरोनाको संक्रमण छैन भन्ने प्रमाणित गरेको प्रमाणपत्र भए मात्रै नेपाल प्रवेश गर्न पाउने भएका छन् । नेपाल फर्केर १४ दिन क्वारेन्टाइनमा बसेपछी मात्रै सामाजिक जीवनमा संलग्न हुन पाउने भएका छन् ।
युवा संघले सामाजिक सञ्जाल र कतिपय सञ्चार माध्यमको सुचनाले भ्रम सिर्जना गरेको भन्दै सरकारले आधिकिारिक सुचना दिने व्यवस्था गर्नुपर्ने बताएको छ । संंक्रमण भएमा उपचार गर्ने र अन्यमा फैलिन नदिने विधी बारे प्रचारप्रसार गर्न पनि संघले माग गरेको छ ।
सरकारले चीन, दक्षिण कोरिया, जापान, फ्रान्स जर्मन इटाली र इरान लगायतका मुलुकबाट आउने यात्रुहरुलाई कडाई गरेको छ । नेपालमा अहिले सम्म कोरोनाको संक्रमण नदेखिए पनी अस्पतालमा चेक गर्न जानेहरुको संख्या भने बढिरहेको छ ।