May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

प्रधानमन्त्री पूर्ण सक्रिय हुन ६ महिना लाग्ने

प्रधानमन्त्री पूर्ण सक्रिय हुन ६ महिना लाग्ने

फागुन २७, काठमाडौं ।
एक हप्ताअघि त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्या स्थिति सुधार हुदै गएपनि पुरै सक्रिय हुन भने ६ महिनासम्म लाग्ने चिकित्सकहरुले जनाएका छन् ।
प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी दिन मंगलबार अस्पतालमा आयोजित पत्रकार सम्मेलन बेल्दै प्रधानमन्त्रीलाई पुरै सक्रिय भएर अरु सरह हिँडडुल गर्न ६ महिना लाग्ने तर नियमित काम गर्न समस्या नहुने उनका निजी चिकित्सक डा. दिव्यासिंह शाहले बताएकी छन् । उनले प्रधानमन्त्रीलाई परिवारबाट एक दुई दिन अस्पतालमा राख्न आग्रह आएको हुनाले परिवारकै सदस्यको आग्रहमा अस्पताल राखिएको हो । प्रधानमन्त्रीको स्वास्थ्यबारे आफूहरु विश्वस्त नभएसम्म अस्पतालबाट डिस्चार्ज नगर्ने उनको भनाई रहेको छ ।