April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

अर्थतन्त्रलाई त्राण दिन अर्बौँ डलर खर्च गर्दे विकशित राष्ट्र

अर्थतन्त्रलाई त्राण दिन अर्बौँ डलर खर्च गर्दे विकशित राष्ट्र

फागुन २८, काठमाडौं ।
कोरोनाभाइरसको प्रकोपको सामना गरिरहेका प्रमुख देशहरूले आफ्ना अर्थतन्त्रलाई त्राण दिन अर्बौँ डलर खर्च गर्ने योजना अघि सारेका छन् ।
चीन पछिको दोस्रो प्रभाव परेको इटलीले ठूलै राशीको राहत रकम घोषणा गरेको छ । इटलीको सरकारले कोरोनाभाइरसको प्रकोपले निम्त्याएका आर्थिक असरसँग जुझ्न ११ अर्ब डलर खर्च गर्दै विभिन्न कदमहरू चालेको छ । इटलीको मिलानकी एक सांसद लिअ क्वारटपेल्लेले अभूतपूर्व परिस्थितिको सामना गरिरहेको इटलीले अभूतपूर्व नै कदमहरू चाल्न लागेको बताइन् ।
इटली सरकारले व्यवसायिक प्रतिष्ठानहरूलाई यसपटक अगष्ट महिनाको सट्टा मार्चमा बिदा दिन अनुरोध गर्न लागेको छ । कोरोनाभाइरसका कारण ४ सय ६० जनाको ज्यान गएपछि इटलीमा लाउड स्पिकरको प्रयोग गर्दै मानिसहरूलाई घरमै बस्न अनुरोध गरिएको छ । अहिले त्यहाँको सार्वजनिक जीवनमा दोस्रो विश्व युद्धपछिकै कडा प्रतिबन्धहरू लगाइएको छ । तर अत्यावश्यक कामको लागि यात्रा गर्न कसैलाई छेकिएको छैन । बन्दी भेट्न रोक लगाइएपछि कारागारहरूमा तनाव बढेको छ । मेल्फी कारागार शान्त भएपनि फोज्जको कारागारमा तनाव भएको छ ।
अस्ट्रियाका चान्सलरले चिकित्सकको प्रमाणपत्र बिना इटलीबाट कसैलाई पनि अस्ट्रिया प्रवेश गर्न नदिने बताएका छन् । एक नेतालाई कोरोनाभाइरस सङ्क्रमण भएपछि स्पेनको संसद् पनि बन्द गरिएको छ ।
जापानी प्रधानमन्त्री शिन्जो आबेले अर्थतन्त्रमा ऊर्जा भर्न चार अर्ब डलर खर्च गर्ने बताएका छन् । साना व्यवसायलाई सस्तो ब्याजमा ऋण दिन लागिएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पनि थप खर्च योजना सार्वजनिक गर्न लागेका छन् । एजेन्सीको सहयोगमा