एक साता भित्रै ५७ करोडको औषधि आयात

एक साता भित्रै ५७ करोडको औषधि आयात

फागुन २८, काठमाडौँ ।
विश्वभर फैलिएको कोरोना भाईरसको कारणले नेपाली बजारमा औषधीको चरम अभाव हुन्छ भनी हल्ला चलिरहँदा पछिल्लो एक सातामा नेपालमा पौने ५७ करोड रुपैयाँ बराबरको औषधी आयात भएको छ । १ मार्च देखी ८ मार्च सम्ममा ५६ करोड ८२ लाख रुपैयाँ बराबरको औषधी आयात भएको हो । नेपाल सरकारले नेपाली बजारमा औषधिको अभाव हुन नदिन औषधि उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ ११ करोड ११ लाख रुपैयाँ बराबरको आयात गरेको छ  ।
बजारमा औषधिको अभाव हुन थालेको तथा भारतले नेपाल तर्फको औषधि निकासी अवरोध गर्न सक्ने हल्ला फैलिएको छ । तर, त्यो सबै हल्ला मात्र भएको सरकारी तथ्याङकले देखाउँदछ  । हाल नेपाली बजारमा प्रर्याप्त औषधिको मौज्दात रहेको र आयात पनि भईरहेको छ ।
अहिले भारत बाट मात्रै दैनिक औसत ६ करोड ९३ लाख रुपैयाँ बराबरको औषधि आयात भइरहेको छ । औषधि उत्पादनका लागि आवश्यक कच्चा पदार्थ पनि दैनिक औसत १ करोड ६७ लाख रुपैयाँ बराबरको आयात भइरहेको छ ।
चालु आर्थिक वर्षको सात महिनामा नेपालमा १८ अर्ब ५९ करोड रुपैयाँ बराबरको औषधि तथा औषधि जन्य वस्तुको आयात भएको छ । नेपाली बजारमा करिब तीन महिना सम्मका लागि पुग्ने औषधि उपलब्ध रहेको औषधि ब्यावस्था विभागको तथ्याङकले देखाउँदछ ।