प्याकेजिङ प्रडक्ट आयातमा कडाइ गरिँदै

प्याकेजिङ प्रडक्ट आयातमा कडाइ गरिँदै

फागुन २८, काठमाडौँ ।
पछिल्लो समय सरकारले कोरोना भाइरसबाट प्रभावित मुलुकबाट आयात हुने प्याकेजिङ प्रडक्टमा कडाइ गर्ने भएको छ । कोरोना संक्रमण फैलिएका मुलुकबाट आयात गर्दा रोग सर्ने सम्भावना हुने भएकाले क्वारेन्टाइनमा कडाइ गर्न खोजिएको हो । अहिले आयातका लागि खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागबाट आयात परमिट लिनुपर्छ । औपचारिक रूपमा निर्णय गर्न मन्त्रालय र विभाग बिच छलफल भइरहेको छ  ।
संक्रमण बढी फैलिएका ५ मुलुकमध्ये सबैभन्दा बढी प्याकेजिङ प्रडक्ट चीन, कोरिया र जापान बाट आयात हुने गर्दछ । नेपालमा बढी आयात हुने पहिलो मुलुकमा भारत पर्छ । भने दोस्रो नम्बरमा चीन पर्ने गरेको भन्सार विभागको तथ्यांक छ ।
चालु आर्थिक वर्षको ७ महिनामा चीन बाट १ खर्ब ३२ अर्ब ६२ करोड रुपैयाँको सामग्री आयात भएको छ । सोही अवधिमा १ अर्ब ६ करोड रुपैयाँ बराबरको निर्यात भएको छ ।
जापानबाट ३ अर्ब ६७ करोड बराबरको सामान आयात भएको छ । जापान नेपालमा सामान आयात हुने २२ औं नम्बरमा छ । त्यहाँ ६३ करोड रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ ।
दक्षिण कोरियाबाट ५ अर्ब ५२ करोडको आयात भएको छ  । नेपालमा सामान आयात गरिने मुलुकमध्ये दक्षिण कोरिया १३ औं नम्बरमा छ । कोरियामा १० करोड रुपैयाँ बराबरको निर्यात भएको भन्सारको तथ्यांक छ ।
विभागले मुख्यतय मासुजन्य वस्तुमा कडाइ गर्न खोजेको हो । आयातकर्तालाई मासु जन्य वस्तु नल्याउन सचेत गरिसकेको छ । मासुजन्य पदार्थ आयात नभए पनि मासु जन्य पदार्थ अभाव नहुने मन्त्रालयको दाबी छ  ।
कोरोना भाइरसको प्रकोप मुख्यतय जनावरबाट सरेको अध्ययनले देखाइसकेको छ । यो रोगको निगरानी गर्ने सम्बन्धमा मन्त्रालयका प्रतिनिधी सहित पशुसेवा विभागले कार्यदल गठन गरेको छ । प्रमाणपत्र बिना पशुजन्य पदार्थ ती मुलुकमा भित्रिए नियमानुसार नष्ट गर्न क्वारेन्टाइन कार्यालयलाई निर्देशन दिएको छ ।