बेलायतकी स्वास्थ्यमन्त्री नै कोरोनाभाइरस संक्रमीत

बेलायतकी स्वास्थ्यमन्त्री नै कोरोनाभाइरस संक्रमीत

२८ फागुन, काठमाडौं ।
बेलायती स्वास्थ्यमन्त्री तथा कन्जरभेटिभ पार्टीकी सासंद नदिन डोरिजलाई कोरोनाभाइरसको संक्रमण भएको छ ।
६२ वर्षीया डोरिज बेलायतमा कोरनाभाइरसको परिक्षणमा ’पोजेटिभ’ पाइएकी पहिलो सासंद हुन्।
आवश्यक सल्लाहपछि हाल उनी आफ्नै घरमा ’सेल्फ आइसोलेसन’मा बसिरहेकी छन्।
डोरिजमा कोरनाभाइरसको संक्रमण पुष्टि भएपछि त्यहाँको पब्लिक हेथ इङ्ल्याण्डले डोरिजको सम्पर्कमा आएका मानिसहरूको रगत जाँच्न थालेको छ।
बेलायतमा हालसम्म कोरोनाभाइरसको संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ भने ३८२ जना संक्रमित भएका छन्।