May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

बन्दीपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

बन्दीपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

२८ फागुन, २०७६।
तनहुँको बन्दीपुर गाउँपालिका–५ कोरिखामा बुधबार बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बन्दीपुर गाउँपालिकास्थित बाहुनभञ्ज्याङबाट याम्पातर्फ आउँदै गरेको ग१त ४८०८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृत्यु हुनेमा ट्याक्टर चालक गोरखा पालुङटार नगरपालिका–७ च्याङ्ली बस्ने २२ वर्षीय प्रेम कुमाल र सहचालक बन्दीपुर गाउँपालिका–४ नयाँ पुल बस्ने २२ वर्षीय राजकुमार परियार रहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

सडकबाट १५० मिटर तल ट्याक्टर खस्दा चालकको घटनास्थलमै र सहचालकको स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस ।