April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

स्वस्तिशान्तिका नाममा पुरोहितले नै चोरे १५ लाखका गहना

स्वस्तिशान्तिका नाममा पुरोहितले नै चोरे १५ लाखका गहना

२८ फागुन, काठमाडौं ।
एकजना पुरोहितले स्वस्तिशान्ति गर्ने नाममा पूजा गर्न लगाउँदै चितवनमा धनमाल चोरी गर्दै आएको खुलेको छ। त्यसरी चोरी गर्ने पुरोहित भारत मोतीहारीका १८ वर्षीय नेहाल तिवारी रहेको बताइएको छ ।
तिवारीले चितवन बेलटाँडीका मञ्जु खाँडका घरबाट करिब १५ लाखबराबरको धनमाल चोरी गरेको भेटिएपछि उनको चोरीको तरिका खुलेको हो।
उक्त धनमाल चोरीमा तिवारीले ५ जना भारतीय र एक नेपालीको सहयोग लिएका थिए । ति सबैलाई अहिले प्रहरीले पक्राउ गरिसकेको बताएको छ ।
नेहालले आफूले समेत आफ्ना बाबुको जस्तै पुरेत्याइँ गर्ने भन्दै मञ्जुलाई विश्वास दिलाएर पूजा लगाई स्वस्तिशान्ति गर्नुपर्छ भन्दै फागुन २० गते घरमा पूजा गर्न लगाएका थिए।
पूजा लगाउने वहानामा तिवारीले सुनचाँदीका गरगहना रहने स्थानका त्यहीे बारेमा जानकारी लिएका थिए।
आफूले मात्र नभएर तिवारीले अन्य साथीहरु समेतको सहयोगमा उक्त घरको निगरानी राखेको खुलेको छ।
फागुन २३ गते बेलुकी घरका सबै खाना खान भान्सा कोठामा गएको मौका छोपी घरभित्र छिरेर नगद तथा धनमाल चोरी गरेको अनुसन्धानबाट खुलेको चितवन प्रहरीले जनाएको छ।
उनीहरुले मञ्जुको घरबाट चोरी गरेको सुनको औंठी १ थान, नथिया १ थान, बिन्दिया १ थान, जिउटिया ३ थान, मंगलसुत्र १ थान, सानो नथुनी ८ थान, फुली एउटा गरी २२.४५० ग्राम सुनको गरगहना, ४ सय ८७ ग्रामको चाँदीको पाउजु ४ जोर बरामद गरेको प्रहरीले जनाएको छ।