पोखरा विमानस्थलमा कार्यरत ७१ कामदार ‘सेल्फ क्वारेन्टाइन’मा

पोखरा विमानस्थलमा कार्यरत ७१ कामदार ‘सेल्फ क्वारेन्टाइन’मा

फागुन २८, पोखरा ।
कास्कीमा निर्माणधीन पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय बिमानस्थलमा कार्यरत ७१ जना कामदार लाई ‘सेल्फ क्वारेन्टाईनमा’ राखेका छ । चीनको वुहान शहर बाट माहामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण बाट बच्न विमानस्थलमा कार्यरत कामदार लाई सेल्फ क्वारेन्टाईनमा राखेको हो । विमान स्थलमा काम गर्न २० जना पुरानै र ८७ जना नयाँ चिनिया कामदार नेपाल आएका हुन् ।
चिनियाँ नयाँ वर्ष मनाउन गएका चिनिया कामदार मध्ये २० जना नफर्कने गरी गएका थिए भने २० जना काममा फर्कने गरी गएका थिए । नफर्कने गरी गएका कामदारको ठाउँमा नयाँ कामदार आउने निश्चित भएको थियो । चिनिया कामदार मार्च ४, ५ र ६ मा ७१ जना कामदार नेपाल आएका हुन ।
चीन देखी आएका कामदार चीनमै १४ दिन क्वारेन्टाइनमा बसेका थिय । बिमानस्थलमा कार्यरत चिनियाँ कामदार लाई आफ्नो कोठा बाट बाहिर निस्कन नदिने र दिनमा कम्तीमा ३ पट शरीरको तापक्रम नाप्ने लगायतका काम भइरहेको छ । कम्तिमा १० देखि १८ दिनसम्म क्वारेन्टाइनमा राख्ने तयारी भईरहेको छ । निर्माणाधीन पोखरा क्षेत्रीय विमानस्थलमा २८० नेपाली र १९० चिनियाँ कामदार कार्यरत रहेका छन् ।