May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

माछापुच्छ्र्रे बैंकको कामु सीईओको जिम्मा सन्तोष कोइरालालाई

माछापुच्छ्र्रे बैंकको कामु सीईओको जिम्मा सन्तोष कोइरालालाई

फागुन २८, काठमाण्डौ ।
माछापुच्छ्र्र्रे्र बैंकमा २३ महिना प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्मा बाहिरिएसँगै कामु सीईओको जिम्मा नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले पाएका छन् ।
कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मा पाएका कोइराला दुई वर्षदेखि नायव प्रमुख कार्यकारी थिए । माछापुच्छ्रे बैंकमा मात्रै कोइरालाले ७ वर्ष काम गरेका छन् ।
बैंक अफ काठमाण्डूबाट करियर सुरु गरेका कोइराला त्यहाँबाट सानिमा बैंक गएका थिए । सानिमामा १० वर्ष काम गरेपछि आफ्नो समुह बनाएर उनी माछापुच्छ्रेमा गएका थिए ।
त्रिभूवन विश्वविद्यालयबाट ब्यवस्थापनमा स्नातकोत्तर गरेका उनले नेदरल्यान्डको कलेजबाट ’एड्भान्स म्यानेजमेन्ट एण्ड लिडरसिप प्रोग्राम’ मा डिप्लोमा गरेका छन् । उनी २१ वर्षदेखि बैंकिङमा छन् ।