गिता छोएर राप्रपा—राप्रपा (संयुक्त) एकताः एकतामा सामेल भएनन् सुनिल थापा

गिता छोएर राप्रपा—राप्रपा (संयुक्त) एकताः एकतामा सामेल भएनन् सुनिल थापा

फागुन २८, काठमाडौं
राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बीच एकताको औपचारिक घोषणा गरिएको छ । काठमाडौंमा एक बिशेष समारोह आयोजना गरी दुवै पार्टीका अध्यक्षले एक भएको घोषणा गरेका हुन् । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको समेत उपस्थितिमा राप्रपा अध्यक्ष कमल थापा तथा राप्रपा संयुक्तका अध्यक्ष पशुपति शमसेर राणा र प्रकाशचन्द्र लोहनीले पार्टी सम्बन्धी आधार पत्र आदान प्रदान गरेका थिए । नयाँ पार्टीको नाम राप्रपा रहनेछ भने झण्डा थापा नेतृत्वको राप्रपाको कायम हुनेछ ।
चुनाव चिन्हबारे आन्तरिक छलफल र सहमतिबाट पछि तय गरिनेछ । शीर्ष नेतृत्वबीच चुनाव चिन्ह हलो राख्ने कि गाई भन्नेमा विवाद हुँदा यसअघि घोषणा भएको एकीकरण पनि भाँडिएको थियो । एक बर्ष्भित्रमा एकता महाधिवेशन गर्ने, महाधिवेशन सम्पन्न नभएसम्म थापा, राणा र लाहोनी तीनै जना अध्यक्ष रहने सहमति पनि भएको छ । राजसंस्थासहितको प्रजातन्त्र र पुर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्रको एजेण्डामा टेकेर दुबै दल एक भएका हुन् ।
एकतापछि राप्रपाबाट ५५ र संयुक्तबाट ४५ प्रतिशत केन्द्रिय समितीमा रहने गरी भागबण्डा मिलाईएको छ । संघीय संसदमा एक सांसद मात्र रहेको राप्रपा फुटकै कारण कमजोर अवस्थामा पुगेको थियो । पार्टी एकताको १० बुँदे सहमति पत्रमा गत शनिवार हस्ताक्षर गरेका दुबै दल आज औपचारिक रुपमा एक भएका हुन् ।

राजतन्त्र र हिन्दु राष्ट्रका पक्षमा लाग्ने प्रतिबद्धतासहित गरिएको पार्टी एकता घोषणालाई शुनिलबहादुर थापा र उनका समर्थकले भने बहिस्कार गरेका छन् ।
कमल थापा समूहको हिन्दु राष्ट्र स्विकारेको राप्रपाले चुनाव चिन्ह हलोलाई अंगिकार गरेको छ । पार्टी एकतापछि अध्यक्ष कमल थापाले गीता छोएर अब नफुट्ने कसम खाइरहेका बेला राप्रपा संयुक्तका शुनिल थापाको बहिस्कारले एकताको पहिलो गाँसमै ढुंगा परेको कार्यकर्ताले महसुस गरे।