May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

मास्क र औषधिमा कालोबजारी गर्ने फार्मेसी लाई ९ लाख जरिवाना

मास्क र औषधिमा कालोबजारी गर्ने फार्मेसी लाई ९ लाख जरिवाना

फागुन २९, काठमाडौँ ।
विश्वभर फैलिएको कोरोना भाईरसलाई मध्यनजर गर्दै मास्क र औषधीमा कालो बजारी गर्ने ४ पाmर्सेसी सहित ८ औषधी पसल ८ लाख ८० हजार रुपैयाँ कारवाहीमा परेका छन् ।
हिजो बुधबार वाणिज्य ,आपुर्ती तथा उपभोक्ता संरक्षण विभागले नयांँ वानेश्वरमा रहेको १ फार्मेसी तथा क्षेत्रपाटीमा रहेका सात औषधी पसल लाई कारवाही गरेको हो ।
औषधी तथा मास्कमा कालो बजारी गरिरेको बानेश्वरस्थित भरोसा अस्पताल प्रांगणको भरोसा फार्मेसी, क्षेत्रपाटीस्थित पुरी सर्जिकल इक्युपमेन्ट सप्लायर्स, शुभव हेल्थ केयर्स र ओएसवी इन्टरप्राइजेजलाई २–२ लाख रुपैयाँ जरिवाना गरिएको छ ।
खरिद बिल नराखेको कसुरमा क्षेत्रपाटीकै क्रेकस इन्टरप्राइजेज, काठमाडौं ट्रेड कन्सर्न, स्प्लेन्डिड ट्रेडर्स र मामा भान्जा ट्रेड कन्सर्नलाई २०–२० हजार रुपैयाँ जरिवाना गरेको छ ।
चीनको वुहान शहर बाट फैलिएको कोरोना भाईरसका कारण नेपाली बजारमा मास्क तथा औषधीको कालोबजारीको कारण सर्बसाधारण मर्कामा पर्न थालेका छन् । साथै बजारमा मास्क तथा औषधकिो अभाब हुन थालेको छ ।