May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

डब्लूएचओद्वारा कोरोनालाई ‘विश्वव्यापी महामारी’ घोषणा, हल्का रुपमा नलिन आग्रह, ग्रिसमा पनि एकको मृत्यु

डब्लूएचओद्वारा कोरोनालाई ‘विश्वव्यापी महामारी’ घोषणा, हल्का रुपमा नलिन आग्रह, ग्रिसमा पनि एकको मृत्यु

२९ फागुन, काठमाडौं ।
गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोभिड–१९ अर्थात् नोवेल कोरोनाभाइरसलाई विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले महामारी घोषणा गरेको छ ।
डब्लूएचओले हिजो बुधबार पत्रकार सम्मेलन गरी यो भाइरसलाई विश्वव्यापी महामारीका रुपमा घोषणा गर्दै यो महामारीलाई हल्का रुपमा नलिन समेत आग्रह गरेका छन् ।
चीनबाट सुरु भएको कोरोनाभाइरसको संक्रमण हालसम्म विश्वका १ सय १८ वटा मुलुकमा फैलि सकेको छ । भाइरसका कारण अहिलेसम्म १ लाख १८ हजार नागरिक विश्भर संक्रमित भएका छन् भने ४ हजार २ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।
कोरोना भाइरसका कारण ग्रीसमा ६६ वर्षका एक व्यक्तिको मृत्यु भएको छ । यो ग्रिसमा भएको पहिलो मृत्यु हो ।
चीनपछि अहिले युरोपियन मुलुक इटलीमा कोरोनाको संक्रमण उच्च र तीव्र गतिमा फैलिदै गएको छ । भाइरसका कारण इटलीमा अहिलेसम्म ६ सय ३१ जनाको मृत्यु भइसकेको छ भने इरानमा २ सय ९१ जनाको मृत्यु भएको छ ।
एसियन महाद्वीपपछि कोरोना भाइरस अहिले पश्चिमी महाद्वीपमा फैलिँदै गएको छ । जसका कारण अमेरिका, फ्रान्स, जर्मनी लगायतका मुलुकले आफ्ना नाकाहरु बन्द गर्न थालेका छन् ।
यसैबिच, विश्व स्वास्थ्य संगठनले महामारी बनिसकेको कोरोना भाइरसबाट जोगिनका लागि अहिलेसम्म कुनै औषधि वा खोपको विकास हुन नसकेको तर, अनुसन्धान भने जारी रहेको बताएको छ ।