कोरोना सन्त्रासः सांसदले गरे सरकारको चर्को आलोचना

कोरोना सन्त्रासः सांसदले गरे सरकारको चर्को आलोचना

२९ फागुन, काठमाडौं ।
गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोभिड–१९ अर्थात् नोवेल कोरोनाभाइर सङ्क्रमण रोकथामका लागि पर्याप्त पहल नगरेको भन्दै सांसदहरूले सरकारको चर्को आलोचना गरेका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसदहरुले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम न्युनीकरणका लागि अन्य देशहरुले तयारी गरीरहेको भएतापनि नेपालले भने पूर्व सतर्कता नगरेको आरोप लगाए ।
कांग्रेस सांसद तथा पूर्वमन्त्री भीमसेनदास प्रधानले विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी भनेर घोषणा गरिसकेको र यसको प्रकृति भनेको विश्वभर एकसाथ फैलिने भएकाले थप संवेदनशील बन्न सरकारको ध्यानाकर्षण गराए।
उनले भीडभाड बढी हुने ठाउँ जहाजमा, स्कुल, बस र अन्य भिड जम्मा हुने स्थानबाट संक्रमण फैलिन सक्ने अवस्था भएकाले यस्तो ठाउँमा तुरुन्तै बन्देज लगाउन सरकारसँग माग गरे।
सांसद् रेणुकुमारी यादवले संसद् भवनमा सांसदहरूनै सुरक्षित नभएको गुनासो गरिन् ।

संसदमा बेल्ने विपक्षी दलका अरु सांसदले कोरोना भाइरस लाग्न नदिन सरकारले सतर्कता अपनाउन नसकेको भन्दै आलोचना गरे । उनीहरुले स्वास्थ्य मन्त्री भानुभक्त ढकालले जनताले आफै क्वारायन्टाइनमा बस्नुपर्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए । 

चीनबाट सुरु भएको कोरोनाभाइरसको संक्रमण हालसम्म विश्वका १ सय १८ वटा मुलुकमा फैलिसकेको छ । भाइरसका कारण अहिलेसम्म १ लाख १८ हजार नागरिक विश्भर संक्रमित भएका छन् भने ४ हजार २ सय भन्दा बढीको मृत्यु भइसकेको छ ।