June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

“नेपालमा लगानी गर्न इच्छुक हुदै भारतीय लगानीकर्ता “ -उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड

“नेपालमा लगानी गर्न इच्छुक हुदै भारतीय लगानीकर्ता “ -उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड

फागुन २९, काठमाडौं ।
उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले भारतीय लगानीकर्ताहरू नेपालमा लगानी गर्न इच्छुक देखिएको बताएका छन् ।
हालै भारतमा सम्पन्न ‘बिजनेश ग्लोबल समिट २०२०’ मा सहभागी भएर नेपाल फर्किएका उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले बुधवार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर आफूहरूसँगको भेटमा उनीहरू नेपालमा लगानी गर्न इच्छुक रहेको जनाएका हुन् । उनीहरूले विभिन्न क्षेत्रमा अर्बौ लगानी गर्ने मनसाय व्यक्त गरेका छन् ।
उक्त समिट २०२०’ मा विभिन्न २० देशका मन्त्रीहरू र विश्वभरका ठूला कम्पनीको प्रमुख कार्यकारी अधिकृतको सहभागीता रहेको थियो ।
उक्त समिटमा भारतीय लगानीकर्ताहरूले दूधजन्य पदार्थ, स्वास्थ्य सेवा, खानेतेल, औषधि, स्टील तथा डन्डी, वुलेन यार्न, इलेक्ट्रिकल बल्ब, प्याकेज्ड डिं«किङ वाटर, एग्रो केमिकल्स, मसला, अगरबत्ती, सुरक्षा सेवा, शिक्षा, आयुर्वे्दिक औषधि लगायतका क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेका थिए ।
नेपालमा नीतिगत सुधारदेखि ऊर्जा, पूर्वाधार र श्रमको समेत समस्या नभएको र विभिन्न क्षेत्र लगानीका लागि उपयुक्त रहकोले आफुले पनि नेपालमा लगानी गर्न आग्रह गरेको राज्यमन्त्री दुगडले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
स्वदेशमै रोजगारी सृजना गर्न नयाँ औद्योगिक विकास र भएका पुराना उद्योगहरूलाई पनि नयाँ ढंगले सञ्चालन गर्नुपर्ने तर्क समेत दुगडले राखेका छन् ।