May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

गोरुको मासु काटेर नेपालमै विक्री गर्दैगर्दा पक्राउ

गोरुको मासु काटेर नेपालमै विक्री गर्दैगर्दा पक्राउ

फागुन २९, काँकडभिट्टा ।
नेपालमै गोरु काटेर विक्री गर्ने गरेको पाइएको छ । झापाको मेची नगरपालिकाको तामाङ टोलका दुई ब्याक्तिलाई प्रहरीले पक्राउ गरेपछि गोरु काटेको खुलेको हो । मेचीनगर नगरपालिका–५ तामाङ टोलका वीरबहादुर आङदेम्बे र सन्तकुमार राईलाई गोरुको मासुसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार सोमबार मध्यरातमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएका गस्ती टोली तामाङ टोलमा पुग्दा आङदेम्बेको घरभित्र गोरु काटेर मासु बिक्रीका लागि राखेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरी गस्तीले शंका लागेर सोधपुछ गर्दा राईले जिउँदो गोरु काटेर विक्री गर्ने गरेको खुलाएका छन् । प्रहरीले उनीहरुलाई गोरु काट्ने प्रयोग गरिएको प्रमाण सहित पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले फलामको दाउ तथा काठको अचानासहित २८ केजी गोरुको मासु सहित
नियन्त्रणमा लिएर कारबाही अगाडि बढाएको छ ।