May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

घुस बोकेर हिड्दै गर्दा कार्यालय प्रमुख अख्तियारको नियन्त्रणमा

घुस बोकेर हिड्दै गर्दा कार्यालय प्रमुख अख्तियारको नियन्त्रणमा

फागुन ३०, काठमाडौं ।
सेवाग्राही सित घुस रकम लिएर दोलखाबाट काठमाडौ जाँदैगर्दा डिभिजन वन कार्यालय दोलखाकी प्रमुख सन्तमाया श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भक्तपुरको गठ्ठाघरबाट बिहीबार साँझ नियन्त्रणमा लिएको छ ।
घुस रकम लिएर बा १ झ ७६८५ नम्बरको सरकारी गाडीमा दोलखाबाट काठमाण्डौ जाँदै गरेको सूचनाको आधारमा डिभिजन वन कार्यालय दोलखाकी प्रमुख एवं उपसचिव श्रेष्ठलाई अख्तियारको टोलीले घुस लिएको रकम दुई लाख पाँच हजार सहित गठ्ठाघरमा पक्राउ गरेको हो ।
वन कार्यालयका सहयोगी र चालकलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको अख्तियारले जानकारी दिएको छ