May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

मौसममा बदली भै पानी र असिना पर्ने

मौसममा बदली भै पानी र असिना पर्ने

फागुन ३०, काठमाडौं ।
शुक्रबार देशका धेरैजसो ठाउँको मौसममा बदली हुने मौसमविद्ले बताएका छन् । आज शुक्रबार देशमा धेरै जसो स्थानमा बादल लाग्ने र केही ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान् महाशाखाले जनाएको छ ।
पश्चिमी वायूको प्रभावको कारण अहिले पश्चिम र मध्य क्षेत्रमा सामान्य र बाँकी क्षेत्रमा आंशिक बादल लागेको र दिउँसोपख धेरै ठाउँमा बादल लागेर केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पहाडी क्षेत्रका केही ठाउँमा असिना र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।