May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

सुन्दै अचम्मः ५५ वर्षपछि घर फर्किए भक्तपुरका यि व्यक्ती

सुन्दै अचम्मः ५५ वर्षपछि घर फर्किए भक्तपुरका यि व्यक्ती

३० फागुन, काठमाडौं ।
भक्तपुर सिपाडोलमा सुन्दै अचम्म लाग्ने एक घटना घटेको छ । घर छोडेर सम्पर्क्बिहीन भएको ५५ वर्षपछि एक व्यक्ती घर फर्केका छन् । त्यसरी घर फर्कनेमा सुर्य्बिनायक नगरपालिका–८ सिपाडोलका केदार थापा रहेका छन् । उनि ५५ वर्ष पहिले वैदेशिक रोजगारीको सिलसिलामा भारत गएका थिए ।
विवाह गरेको ७ महिनामा श्रीमती र आँखा नदेख्ने बाबु आमालाई छाडेर गुमनाम भएका उनी वि.सं. २०२१ सालमा भारत गएका र यहि फागुन २६ गते घर फर्किएका हुन् । घर छोड्दा उनि मात्र २४ वर्षका थिए ।
बाल्यकालदेखि नै कामको सिलसिलामा भारतमा रहेपनि बीचमा एक पटक ओखलढुंगामा आफन्तको बिहेका लागि नेपाल आएका उनी त्यस समय घर भने नआएको बताउँछन् ।
आमाबुबाको मृत्यु हुँदा समेत उनी घर आएका थिएनन् ।

हाल भारतको आसाममा बस्दै आएका उनीसँग श्रीमती, ४ छोरा र एक छोरी भएको बताएका छन् । उनले आफुले यहाँकी श्रीमतीलाई धोका दिएको र आफु पापी भएको गुनासो गरे ।
श्रीमान् घर आए देखि नै बलिन्द्र आँशुका धारा बगाउने उनकी श्रीमती भने दृष्टिविहिन सासु ससुराको स्याहार गरेर बसेकी थिइन् । यतिलामो समय पछि श्रीमान् फर्किदा पनि उनी मुस्कुराउन सकिरहेकी छैनन् ।
कलिलो उमेरमै श्रीमती छोडेर, बाबु आमा छोडेर जानेको भरोषा छैन भन्छिन् उनी ।
तर केदारले भने आफ्नो जीवनको अन्तिम अवस्थामा पनि आफ्नो जन्मभूमि नछोड्ने बताएका छन् ।