उपत्यकामा एकैदिन परे ३ हजार १ सय ९ सवारी चालक कारबाहीमा

उपत्यकामा एकैदिन परे ३ हजार १ सय ९ सवारी चालक कारबाहीमा

३० फागुन, काठमाडौं । 

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा  एकैदिन ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार १ सय ९ सवारी चालकलाई कारबाही गरेको छ।

उपत्यकाका विभिन्न स्थानबाट बिहीबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार  कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने ९८ जना, लेन उल्लंघन गर्ने २ सय ६३ जना, ट्याक्सी र कार मिटरमा नगई भाडामा मोलमोलाई गर्ने ४२ जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने ४४ जना, टिपर कारबाहीमा ४४ जना, सिसिटिभीमार्फत कारबाही ९३ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने २ सय ३९ जना, अनावश्यक हर्न बजाउने ६७ जना, ब्हील लकबाट १ सय १५ जना र अन्य २ हजार १ सय ४ जना गरी जम्मा ३ हजार १ सय ९ सवारी चालक रहेका छन् ।

ट्राफिक कारबाहीमा पर्ने सबैभन्दा बढी फुटपाथमा सवारीसाधन रोक्ने छन्।