April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

सरकारले दियो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई यस्तो निर्देशन

सरकारले दियो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई यस्तो निर्देशन

३० फागुन, काठमाडौं ।
विश्वव्यापी समस्याको रुपमा रहेको कोरोना भाईरसलाई मध्यनजर गर्दै सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोरोना संक्रमितको उपचारका लागि सातवटै प्रदेशमा आईसीयू र आईसोलेसन सहितको विशेष पूर्वाधार निर्माण गर्न निर्देशन दिएको छ ।
बिहीबार उपप्र्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको समन्वय समितिको बैठकले कोरोना संक्रमण रोकथामका लागि प्रत्येक प्रदेशका कम्तीमा एक एक वटा रहने गरी आईसीयू र आइसोलेसन कक्षसहितको विशेष पूर्वाधार निर्माण गर्न निर्देशन दिएको हो ।
समितिले विस्तृत प्रस्ताव तयार पार्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई र यसका लागि आवश्यक पर्ने बजेट व्यवस्था गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।
विकराल रुपमा फैलिरहेको कोरोना भाईरसको नियन्त्रण गर्नको लागि सरकारले विभिन्न योजना तथा सचेतनामुलक कार्यक्रमहरु गर्दै आएको छ । यिनै कार्यक्रम अन्तर्गत सरकारले सातवटै प्रदेशमा आईसीयू र आईसोलेसन सहितको विशेष पूर्वाधार निर्माण गर्ने भएको हो ।