April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

अष्ट्रेलियाका गृहमन्त्री पनि भए कोरोना संक्रमित

अष्ट्रेलियाका गृहमन्त्री पनि भए कोरोना संक्रमित

३० फागुन, २०७६ काठमाण्डौ ।
कोराना भाइरसबाट अष्ट्रेलियाका गृहमन्त्री पिटर डटन पनि संक्रमित भएका छन् । उनी कोरोना भाइरस संक्रमण भएको अष्ट्रेलिया सरकारको पहिलो सदस्य हुन् ।

शुक्रबार बिहान उठेलगत्तै ज्वरो र घाँटी दुखेपछि अस्पतालमा स्वास्थ्य परीक्षणका लागि गएका उनलाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।
अहिले गृहमन्त्री डटन अस्पताल भर्ना भएका छन् । उनले विज्ञप्ति जारी गरेर आफ्नो अवस्था अहिले ठीक रहेको बताएका छन् ।
मार्च महिनाको सुरुमा गृहमन्त्री डटन अमेरिका गएका थिए । अघिल्लो हप्ता अष्ट्रेलिया फर्केका उनी कमर्सियल फ्लाइटमार्फत ब्रिसबेन र सिड्नी ओहोरदोहोर गरेका थिए ।