सरकारको खाना पकाउने ग्यास मौज्दात नराख्न सर्वसाधारणलाई अपिल
३० फाल्गुन २०७६
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आवश्यकता भन्दा बढी मात्रामा ग्यास सिलिण्डर नराख्न अपिल गरेको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी बजारमा अभाव हुन सक्ने भन्दै आवश्यकता भन्दा धेरै ग्यास सिलिण्डर भरेर नराख्न अपिल गरेको हो ।
हाल बजारमा खाना पकाउने एलपी ग्यासको खपत नियमित भन्दा बढी भइरहेकाले मौज्दात नराख्न सर्वसाधारणलाई आह्वान गरेको मन्त्रालयले जनाएको छ ।
बजारको बढ्दो मागलाई व्यवस्थापन गर्न नेपाल आयल निगमले यस महिनादेखी नियमित खपतका अतिरक्त थप ११ हजार मेक्ट्रिक टन ग्यास आयात प्रक्रिया अघि बढाएको पनि मन्त्रालयले जनाएको छ ।
उपभोक्ताहरुले पछिका लागि भन्दै ग्यास मौज्दात गर्ने प्रवृति बढेपछि अहिले बजारमा एलपी ग्यासको अभाव बढेको छ ।
सरकारले बजारमा दैनिक उपभोग्य बस्तुको अभाव हुन नदिन र सहज आपूर्तिको व्यवस्था गर्न अनुगमनलाई थप कडाइका साथ अगाडि बढाइएको जनाएको छ ।
प्रतिकृया दिनुहोस्