कोरोना नेपालमा नआओस भनेर लुम्बिनीमा शान्ति प्रार्थना

कोरोना नेपालमा नआओस भनेर लुम्बिनीमा शान्ति प्रार्थना

फागुन, ३० काठमाडौं ।
कोरोना भाइरसको सङ्क्रमण नेपालमा नआओस् भन्दै बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति प्रार्थना गरिएको छ । लुम्बिनी पर्यटन व्यवसायी सङ्घद्वारा बिहीबार साँझ भाईरसको कारणले मृत्यु भएकाप्रति श्रद्धाञ्जलि तथा सङ्क्रमितको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मायादेवी मन्दिर परिसरमा प्रार्थना गरिएको हो ।
विभिन्न देशका भिक्षु भिक्षुणी, लामा, उपासक उपासिका र पर्यटन व्यसायीको सहभागितामा परित्राण पाठ, शान्ति प्रार्थना र दीप प्रज्वलन गरिएको सङ्घले जनाएको छ ।
सो भाइरसका कारण पर्यटन व्यवसायमा समेत नराम्रो असर परेकाले विश्वबाटै सो भाइरस सङ्क्रमण निर्मूल होस् भन्ने कामना गर्दै प्रार्थना गरिएको हो ।