May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

रियल मड्रिडका सबै खेलाडी क्वारेन्टाइनमा,खेल दुई साता स्थगित

रियल मड्रिडका सबै खेलाडी क्वारेन्टाइनमा,खेल  दुई साता स्थगित

फागुन ३०, काठमाडौं 

कोरोना भाइरसको प्रभाव विश्व खेलकुदमा समेत परेको छ । स्पेनिस ला लिगा क्लब रियल मड्रिडका फुटबल खेलाडी कोरोना भाईरसको क्वारेन्टाइनमा बस्नु परेको छ ।

रियल म्याड्रिडका खेलाडीहरू क्वारेन्टराइनमा बस्ने भएसँगै ला लिगाका खेलहरू कम्तीमा दुई साता स्थगित भएको छ । 

रियलको बास्केटबल खेलाडीमा कोरोनाको लक्षण पोजिटिभ देखिएपछि फुटबल खेलाडीहरु क्वारेन्टाइनमा बसेका हुन्। बास्केटबल खेलाडीमा गरिएको परिक्षणमा कोरोनाको भाईरस पोजिटिभ देखिएको थियो । बास्केटबल खेलाडी र फुटबल खेलाडीले एकै ट्रेनिङको सामग्रीहरु प्रयोग गर्ने भएको कारण उनीहरुलाई क्वारेन्टाइनमा पठाईएको हो ।

रियलका खेलाडी क्वारेन्टाइनमा बसेपछि च्याम्पियन्स लिगसमेत प्रभावित हुने बताइएको छ । क्लबले जारी गरेको विज्ञप्तिमा ‘बास्केटबल टिमका कोभिड १९ कोरोना भाइरस पोजेटिभ देखिएको छ । त्यसपछि बास्केटबल र फुटबलका सबै खेलाडीलाई क्वारेन्टाइनमा जान सिफारिस गरिएको हो,’ विज्ञप्तिमा भनिएको छ । एजेन्सी ।