प्रधानमन्त्री ओली आज साँझ डिस्चार्ज हुने पक्का

प्रधानमन्त्री ओली आज साँझ डिस्चार्ज हुने पक्का

फागुन ३०, काठमाडौं ।
मृगौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गरिने भएको छ

प्रधानमन्त्री ओली पूर्ण स्वास्थ्य लाभपछि डिस्चार्ज गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले जानकारी दिएका छन् । प्रधानमन्त्री ओली पूर्ण स्वास्थ्य लाभपछि डिस्चार्ज गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाद्वारा हस्ताक्षरित बुलेटिनमा उल्लेख छ ।

गएको २१ गते प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनलाई भन्जी समीक्षा संग्रौलाले मिर्गौला दिएकी थिइन् ।

संग्रौला यसअघि नै डिस्चार्ज भइसकेकी छन्।

प्रधानमन्त्री ओली डिस्चार्ज भएपछि बालुवाटार फर्कनेछन्।