कोरोना भाईरसका कारण आईपिएल दुई साता पछि धकेलियो

कोरोना भाईरसका कारण आईपिएल दुई साता पछि धकेलियो

फागुन ३०, काठमाडाँै ।
इण्डियन प्रिमियर लिग (आईपिइएल) टि–२० क्रिकेट दुई साता पछि सरेको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करण १६ दिन पर धकेलिएको हो ।
आगामी मार्च २९ बाट सुरू हुने तय भएको लिगअप्रिल १५ सम्मका लागि स्थगित भएको ‘बिसिसीआई’ ले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
यसअघि भारत सरकारले अप्रिल १५ सम्म विदेशीहरुलाई भारत प्रवेशमा रोक लगाएको थियो । जसमा आईपीएल खेल्ने विदेशी खेलाडी समेत परेका थिए । अप्रिल १५ देखि लिग सुरू गर्दा विदेशी खेलाडीहरूको भिसा प्रकृयाको लागि समय पुग्ने भन्दै बोर्डले लिगको मिति सारेको हो ।
आईपीएल सरेपछि भने अब विदेशी खेलाडीले पनि आईपीएल खेल्ने सम्भावना बढेको छ ।
१३ औं संस्करणको आईपीएलमा ८ टिमले प्रतिस्पर्धा गर्दैछन् ।