May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

अमेरिकाद्वारा अनिश्चितकालिन संकटकाल घोषणा

अमेरिकाद्वारा अनिश्चितकालिन संकटकाल घोषणा

०१ चैत, काठमाण्डौ ।
देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनिश्चितकालिन राष्ट्रिय संकटकालको घोषणा गरेका छन्। शुक्रवार ह्वाइटहाउसबाट राष्ट्रपति ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।
’म आधिकारिक रुपमा राष्ट्रिय संकटकालको घोषणा गर्दछु’, ह्वाइट हाउसको रोज गार्डेनबाट शुक्रबार सम्बोधन गर्दै ट्रम्पले भने।
संकटकाल घोषणासँगै अमेरिकाले अब संकट निवारणका लागि ५० अर्ब डलर खर्च गर्न सक्ने छ । साथै केन्द्र सरकारले अब अलग–अलग राज्य सरकार तथा प्रशासनसँग समन्वय गरेर अझै राम्रो काम गर्न सक्नेछ ।

विश्व स्वास्थ्य संगठनले यसअघि कोरोना भाइरसको संक्रमणलाई ‘महामारी’ घोषणा गरेको थियो ।
अमेरिकामा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४१ जनाको ज्यान गइसकेको छ भने १६ सय ७८ जनामा यसको संक्रमण पुष्टि भएको छ।