टिपर आतंकः टिपर आतंकः टिपरको ठक्करबाट भक्तपुरमा १८ महिने शिशुको मृत्यु

टिपर आतंकः टिपर आतंकः टिपरको ठक्करबाट भक्तपुरमा १८ महिने शिशुको मृत्यु

०१ चैत, काठमाण्डौ ।
भक्तपुरमा टिपरको ठक्करबाट १८ महिने शिशुको मृत्यु भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका ९ मा बा ५ ख ७९७१ नम्बरको टिपरले ठक्कर दिँदा १८ महिने शिशिर मोक्तानको मृत्यु भएको हो । ठक्कर दिने टिपर जय व्रह्मायणी इँटा भट्टामा माटो बोक्ने मिनी टिपर रहेको बताइएको छ ।
टिपरको ठक्करबाट घाइते भएका शिशिरको उपचारका लागि मध्यपुर अस्पतालमा लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।
ईश्वर मोक्तान मृतक शिशुका बाबु सोही इँटाभट्टामा काम गर्दछन् ।
टिपर चालक भक्तपुरको च्यामासिंह बस्ने ४० वर्षीय श्याम फैजुलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।
घटनाको बारेमा थप अनुसन्धान जार िरहेको भक्तपुर प्रहरीले जनाएको छ ।