April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

डब्लूएचओको चेतावनीः कोरोनाभाइरसको केन्द्रविन्दु अब युरोप

डब्लूएचओको चेतावनीः कोरोनाभाइरसको केन्द्रविन्दु अब युरोप


०१ चैत, काठमाण्डौ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोनाभाइरसको चपेटामा अब यूरोप भएको चेतावनी दिएको छ ।
गत डिसेम्बर अन्त्यतिर चीनको वुहान प्रान्तबाट शुरु भइ विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस यूरोपमा आक्रामक रुपमा फैलन थालेपछि युरोपलाई डब्लूएचओले कोरोना महामारीको अबको केन्द्रविन्दु भनेको हो ।
‘युरोप अब विश्वव्यापी कोरोनाभाइरस महामारीको केन्द्रबिन्दु हो’, विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले भने, ‘मानिसहरुको जीवन बचाउन आक्रामक उपाय अबलम्बन गर्न जरुरी छ। ‘यो भयानक आगो फैलन दिनु हुँदैन ।’‘युरोप अब विश्वव्यापी कोरोनाभाइरस महामारीको केन्द्रबिन्दु हो’, विश्व स्वास्थ्य संगठनका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले भने, ‘मानिसहरुको जीवन बचाउन आक्रामक उपाय अबलम्बन गर्न जरुरी छ। ‘यो भयानक आगो फैलन दिनु हुँदैन ।’
युरोपियन देशहरुमा कोरोनाभाइरसको संक्रमण र मृत्युदर आक्रामक रुपमा बढिरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
कोरोनाभाइरसको संक्रमण १ सय ४५ देशमा देखिएको छ । संक्रमणबाट १ लाख ४५ हजार ६ सय ३८ जना बिरामी परेका छन् । जसमध्ये शुक्रबार मात्रै ४ सय ३६ जनाको मृत्यु भएको छ भने १ लाख ४५ हजार ४ सय ४४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । तीमध्ये १० हजार ८ सय ६७ नयाँ संक्रमित हुन् । त्यस्तै झण्डै ७१ हजार व्यक्ति निको भएर घर फर्केका छन्