अमेरिकी राष्ट्रपति ट्रम्पको कोरोनाको रिपोर्ट आयो यस्तो

अमेरिकी राष्ट्रपति ट्रम्पको कोरोनाको रिपोर्ट आयो यस्तो

०२ चैत, काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोभिड–१९ कोरोना भाइरस परीक्षणमा नेगेटिभ रिपोर्ट आएको छ । ह्वाइट हाउसका चिकित्सकले शनिबार ट्रम्पको रिपोर्ट नेगेभिट आएको जानकारी दिएको समाचार एजेन्सी एएफपीले जनाएको छ ।
राष्ट्रपति ट्रम्पले गत साता कोरोना संक्रमित तीन व्यक्तिसँग हात मिलाउनेलगायत प्रत्यक्ष सम्पर्क गरेका थिए।
त्यसपछि आफूलाई पनि कोरोना संक्रमण भयो कि भनेर परीक्षण गराएका ट्रम्पको रिपोर्ट ह्वाउट हाउसले शनिबार राति जारी गरेको हो।
एएफपीका अनुसार कोभिड–१९ भाइसरका कारण हालसम्म अमेरिकामा ५१ जनाको ज्यान गइसकेको छ ।
शुक्रबार देखि अमेरिकामा संकटकालको घोषणा गरिएको छ । युरोपियन राष्ट्रबाट अमेरिका प्रवेश गर्न एक महिनामा लागि रोक लगाइएको छ।