आजदेखि नेपाल–भारतका चार नाका मात्रै खुल्ने

आजदेखि नेपाल–भारतका चार नाका मात्रै खुल्ने

०२ चैत, काठमाडौं । 

 भारतले आजदेखि स्थलमार्गबाट प्रवेश गर्ने सबै नाकाहरुलाई बन्द गर्ने निर्णय गरेको छ। यसमा प्रमुुख चार नाका बाहेक नेपालका सबै नाकाहरु पनि परेका छन्। 

भारतको गृह मन्त्रालयले दुई देशका नागरिक ओहोरदोहोरका लागि वीरगन्ज (रक्सौल), भैरहवा (सुनौली), महेन्द्रनगर (वनबासा) र काँकडभिट्टा (रानीगन्ज) मात्र खुला राख्ने निर्णय गरेको हो ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रणका लागि भन्दै नेपाल, बंगलादेश, भुटान र म्यानमारसँग जोडिएका सबै नाका बन्द गर्ने निर्णय गरेको हो। यो व्यवस्था आजदेखि अर्को सूचना जारी नगर्दासम्म कायम रहने भारतीय गृह मन्त्रालयले जनाएको छ।

यसअघि भारतको स्वास्थ्य मन्त्रालयले एडभाइजरी जारी गर्दै सबै विदेशी नागरिकहरुका लागि पर्यटक भिसा रद्द गर्ने जनाएको थियो। सोही अनुरुप स्थलमार्गबाट भित्रिने विदेशी नागरिकहरुलाई पनि कडाइ गर्न सीमा नाकाहरु बन्द गरेको हो।

समान ढुवानी भने सबै नाकाबाट यसअघिको ब्यवस्था अनुसार सबै नाकाबाट हुने बताइएको छ। भारतको निर्णयले  रोजगारीका लागि भारत र नेपालबाट आउजाउ गर्नेहरु प्रभावित हुनेछन्।