प्रधानमन्त्री ओली पूः न शिक्षण अस्पतालमा !

प्रधानमन्त्री ओली पूः न शिक्षण अस्पतालमा !

०२ चैत्र, काठमाडौँ ।
प्रधानमन्त्री ओली पुःन शिक्षण अस्पतालमा पुगेका छन् । ओली शिक्षण अस्पतालमा फलो अपका लागि पुगेका हुन् । मिर्गौला प्रत्यारोपण गर्दा ओलीको पेटमा स्टेन्ट राखिएको थियो । सोही स्टेन्ट झिक्न तथा अन्य परीक्षणको लागि प्रधानमन्त्री ओली शिक्षण अस्पताल पुगेको बताइएको छ।
प्रधानमन्त्री ओली शुक्रबार त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएर बालुवाटार फर्केका थिए।

आजै प्रधानमन्त्री केपी शर्मा ओली सार्क राष्ट्रस्तरीय हुने भिडियो कन्फरेन्समा पनि सहभागी हुँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा यो भिडियो कन्फरेन्स हुन लागेको हो । पछिल्लो समय विश्वमा महामारीको रुप लिएको कोरोना भाइरससँग जुध्न मोदीले सार्क राष्ट्रहरु एक हुनसक्ने प्रस्ताव केही दिनअघि राखेका थिए ।
प्रधानमन्त्रीको पछिल्लो पटक फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो।प्रधानमन्त्री ओलीलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी थिइन्।
यसअघि विसं २०६४ मा भारतको अपोलो अस्पतालमा प्रधानमन्त्री ओलीको पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।