सुनको मूल्यमा भारी गिरावट ःआज पनि तोलामा एकैपटक रु. १५ सय घट्यो

सुनको मूल्यमा भारी गिरावट ःआज पनि तोलामा एकैपटक रु. १५ सय घट्यो

०२ चैत, काठमाण्डौ ।
सुनको मूल्यमा आज साताको पहिलो दिन पनि गिरावट आएको छ । आज सुनको मूल्यमा तोलामा एकैपटक १५०० ले गिरावट आएको हो ।
। यो गिरावटसँगै आज प्रतितोला छापावाल सुन ७७ हजार रुपैयाँ र तेजाबी सुन ७६ हजार ७०० रुपैयाँ कायम भएको छ।

गत साता कारोबारका अन्तिम शुक्रबार सुनको भाउ एकैदिन ३ हजार रुपैयाँले घटेर प्रतितोला छापावाल ७८ हजार ५०० रुपैयाँ तेजाबी ७८ हजार २०० रुपैयाँ कायम भएको थियो।
त्यस्तै, चाँदीको भाउ आज आइतबार पनि तोलामै ३० रुपैयाँ गिरावट आएर प्रतितोला ७९० रुपैयाँ कायम भएको छ।