एकैदिन आठ सय कोरोनाका विरामी परीक्षण गर्ने तयारीमा टेकु अस्पताल

एकैदिन आठ सय कोरोनाका विरामी परीक्षण गर्ने तयारीमा टेकु अस्पताल

२ चैंत, काठमाडौं
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले एक दिनमा ८ सय कोरोना भाइरसको नमुना परिक्षणका लागि तयारी अवस्थामा रहेको जनाएको छ ।
विश्व स्वास्थ्य संगठनको समन्वयमा स्वास्थ्य मन्त्रालयले व्यवस्था गरेको परिक्षण किटबाट परिक्षणको तयारी अस्पतालले गरेको छ । २ देखि ३ सिफ्ट सम्म काम गर्ने क्षमता सहितको व्यवस्थापन मिलाइएको प्रयोगशालाले जनाएको छ । प्रयोगशालाका प्रवक्ता राजेश कुमार गुप्ताले जानकारी दिनुभयो ।।