०२ चैत्र, काठमाडौँ ।
गत वर्ष प्रदर्शनमा आएको अभिनेता अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी प्रियंका एमभीले इन्गेजमेन्ट गरेकी छन् । उनको प्रेमी सफल अधिकारीसँग काठमाडौंको एक होटलमा शुक्रबार इन्गेजमेन्ट भएको हो ।
सफल पेसाले इन्जिनियर हुन् । इन्स्टाग्राममा सफल अधिकारीले आफू नासामा काम गर्ने उल्लेख गरेका छन् ।
इन्गेजमेन्ट समारोहमा दुबै पक्षका परिवार सदस्यको मात्र सहभागीता रहेको थियो । उनीहरुको विवाहको मिति भने सार्वजनिक भएको छैन ।
शनिबार अभिनेत्री आँचल शर्माको बिवाह भोजमा समेत प्रियंका र सफलसँगै देखिएका थिए ।
‘क्याप्टेन’ प्रदर्शनताका निर्माण टिमले प्रचार-प्रसारमा उनलाई राम्रो प्राथमिकता दिएको थियो । अनमोलकै सिफारिसमा ‘क्याप्टेन’ मा प्रियंका भित्रिएकी थिइन् ।