प्रचण्डसँग सातै प्रदेशका प्रमुखको भेटवार्ता

प्रचण्डसँग सातै प्रदेशका प्रमुखको भेटवार्ता

२ चैंत, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सातै प्रदेशका प्रदेश प्रमुखहरुले भेटवार्ता गरेका छन्। 
भेटका अवसरमा प्रदेश प्रमुख कार्यालयमा भएका समस्या लगायत विविध विषयहरुमा कुराकानी भएको थियो ।

जवाफमा प्रचण्डले प्रदेश प्रमुख कार्यालयमा भएका समस्याहरूका बारेमा पार्टी र सरकारमा छलफल गरेर समस्याको हल गर्न प्रयत्न गर्ने बताएको उनको सचिवालयले जनाएको छ।