एसइई परीक्षा सर्न सक्ने

एसइई परीक्षा सर्न सक्ने

२ चैंत, काठमाडौं

चैत ६ गतेबाट सुरु हुने भनिएको यस वर्षको एसइई परीक्षा सर्न सक्ने भएको छ । परीक्षा कोरोनाभाइरस संक्रमण जोखिमका कारण सर्न सक्ने भएको हो ।

आइतबार राष्ट्रिय सभामा बोल्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनाभाइरस संक्रमणको जोखिमका कारण परीक्षा सर्न सक्ने बताएका छन्। ‘दुईतीन दिन महामारीको अवस्था हेरेर नयाँ तालिका बनाउने/नबनाउने कुरा टुंगो लाग्छ,’ उनले भने।

उनले सरकारले आयोजना गर्न लागेको सगरमाथा संवाद पनि स्थगित भएको भन्दै सकेसम्म धेरै भीडभाड हुने कार्यक्रममा सहभागी नहुन आग्रह गरेका छन्।