सिटिजन्स बैंकद्वारा महेन्द्र माध्यमिक विद्यालयलाई सहयोग

सिटिजन्स बैंकद्वारा महेन्द्र माध्यमिक विद्यालयलाई सहयोग

चैत २ काठमाडौं ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले काठमाडौंको ज्ञानेश्वरस्थित महेन्द्र भवन माध्यमिक आवासीय विद्यालयलाई रकम सहयोग गरेको छ ।  बैंकमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षामा महिलाको पहुँच तथा महिलाको स्वास्थ्यलाई ध्यानमा राखी विद्यालयको शौचालय निर्माणकोे लागि पाँच लाख रुपैयाँ सहयोग गरेको बैंकले जानकारी दिएको छ ।

बैंकले हाल आफ्ना ९३ वटा शाखा, ९० वटा एटीएम र एक सय तीनवटा शाखारहित बैंकिङ एकाइहरुबाट करिब पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिनेजस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।