May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

कोरोनाका पाँच सय ५४ जना नयाँ संक्रमित थपिए

कोरोनाका पाँच सय ५४ जना नयाँ संक्रमित थपिए

शनिबार कोरोना भाइरसका पाँच सय ५४ जना नयाँ संक्रमित थपिएका छन्। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप ५५४ जनामा कोरोना पुष्टि भएको बताए। उनका अनुसार नेपालका ७७ जिल्लामै कोरोना संक्रमित देखिएका छन् ।

शनिबार कैलालीका एक जना ५० वर्षीय पुरूषको मृत्यु भएको उनले बताए। असार ११ मा ती पुरूषमा कोरोना पोजेटिभ देखिएको थियो । उनको भरतपुर अस्पतालमा निधन भएको हो। शव नेपाली सेनाको सहयोगमा व्यवस्थापन गरिने गौतमले बताए । कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ।