May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

गण्डकी प्रदेशमा शनिबार राति पुनः ३४ जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशमा शनिबार राति पुनः ३४ जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशमा शनिबार राति पुनः ३४ जनामा कोरोना पुष्टि भएको छ । नयाँ थपिएकासँगै कोरोना संक्रमितको संख्या ८ सय ८८ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ । शनिबार बिहान नै गण्डकी प्रदेशमा ३२ र साँझ १६ जनामा कोरोना पुष्टि भएको थियो । तीमध्ये पोखराका ५ महिला छन् ।


नयाँ संक्रमितमध्ये बागलुङका २७, तनहुँका ६ र पर्वतका १ जना छन् । उनीहरु सबैको नमुना परीक्षण प्रदेश क्षयरोग केन्द्र, पोखरामा भएको थियो । तनहुँको शुक्लागण्डकी नगरपालिकाका वर्ष २३ र ३० का महिला, भानु नगरपालिकाका वर्ष ३२, ५३ र ६१ का पुरुष र व्यास नगरपालिकाकी १४ वर्षीया किशोरीमा पनि कोरोना भाइरस संक्रमण देखिएको हो । त्यस्तै, पर्वत सदरमुकाम कुष्मा नगरपालिकाका ५३ वर्षीय पुरुष संक्रमित भएका छन् । बागलुङको बडिगाड गाउँपालिकाका ६ जना पुरुषमा कोरोना पुष्टि भएको छ । उनीहरुको उमेर समूह वर्ष १८ देखि ४७ सम्म छ ।


बागलुङ नगरपालिकाका थप १७ जना पुरुष पनि संक्रमित भएका छन्। उनीहरु २० देखि ७० वर्षसम्मका छन् । काठेखोला गाउँपालिकाका २ महिला र २ पुरुष संक्रमित छन् । जसमा २७ र ३६ का पुरुष तथा २० र २३ वर्षका महिला छन् ।

पोखरामै भएको नमुना परीक्षणमा सल्यान जिल्ला बागचौर नगरपालिकाका २६ वर्षका पुरुषमा पनि कोरोना देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिए । गण्डकीमा कुल संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ भने १ सय २१ निको भई डिस्चार्ज भएका छने हो ।