May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

बैतडीमा ट्रक सडकबाट ४ सय मिटर तल खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुने ट्रकका सहचालक डोटीको जोरायल गाउँपालिका २ बुडरका २० बर्षीय भुवन सुब्बा रहेको प्रहरीचौकी खोड्पेका प्रहरी सहायक निरीक्षक रामदत्त भट्टले जानकारी दिए ।


ट्रकका चालक कैलालीको गोदावरी नगरपालिका मालाखेतीका ३० बर्षीय लवकुमार तामाङ गम्भीर घाइते भएका छन् । घाइते तामाङलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ । दाङबाट सिमेन्ट बोकेर बझाङतर्फ गईरहेको ना. ६ ख ४४५० नम्बरको ट्रक जयपृथ्वीराजमार्ग अन्तर्गत पाटन नगरपालिका ८ धारीमा दुर्घटनामा परेको हो ।