May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

दुर्घटनामा परी पत्रकार कृष्ण पाण्डेको निधन

दुर्घटनामा परी पत्रकार कृष्ण पाण्डेको निधन

पत्रकार कृष्ण पाण्डेको कार दुर्घटनामा परी निधन भएको छ । बुटवल–भैरहवा सडक खण्डको तिलोत्तमा–१ ड्राइभर टोलमा गएराति आफैले कुदाएकोे बा ७ च ६९५९ नम्बरको कार दुर्घटनामा ३० वर्षीय पाण्डेको मृत्यु भएको हो । पाण्डेलाई बुटवलको चौराहा अस्पतालमा उपचारका लागि लगिएकोमा उपचारकै क्रममा राति करिब १ बजे अस्पतालमा निधन भएको परिवार स्रोतले बताएको छ ।
उनको कार सडक किनाराको फलामे बारमा एक्कासी ठोक्किँदा दुर्घटना भएको थियो । पोष्टमार्टमका लागि शवलाई लुम्बिनी प्रादेशीक अस्पतालमा राखिएको छ । न्युज २४ मा आबद्ध उनी गीतकार पनि थिए । पत्रकारिताका अलावा कलाकारिता जगतमा पनि चिनिएका पाण्डे स्याङ्जाकाे विर्घामा जन्मिएका हुन् । पत्रकारिता र कलाकारितालाई माध्यम बनाएर उनी लामो समयदेखि सपरिवार बुटवलमा बस्दै आएका थिए ।