May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड माथि, ५४ लाख ५० हजार बढीले जितेर फर्किए घर

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड माथि, ५४ लाख ५० हजार बढीले जितेर फर्किए घर

विश्वमा कोरोना भाइरस अर्थात् कोभिड(१९ बाट संक्रमित हुनेको संख्या १ करोड नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वल्डोमिटर्स डट इन्फोका अनुसार आइतबार बिहानसम्म विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ७५ हजार १११ पुगेको छ । डिसेम्बर २०१९ बाट फैलन शुरु भएको कोरोना महामारीबाट संक्रमित हुनेको संख्या एक करोड पार भएको छ । अहिले विश्वभर ४१ लाख २१ हजार बढी जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ५७ हजार ७४८ जनाको अवस्था भने गम्भीर रहेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा १ लाख ७६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने ४ हजर ५४८ को मृत्यु भएको छ । यससँगै कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ५ लाख ६२६ को मृत्यु भएको छ । यद्यपी सङ्क्रमितमध्ये ५४ लाख ५३ हजार २४७ जनाले भने कोरोना लाई जितेर घर फर्किसकेका छन् ।

कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा १ लाख २८ हजार १५२ जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या भने २५ लाख ९६ हजार ५३७ पुगेको छ । संक्रमितमध्ये १० लाख ८० हजार १३६ भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ १३ लाख ८८ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १५ हजार ८१६ जनाको अवस्था गम्भीर रहेको छ ।

ब्राजिलमा अहिलेसम्म कोरोनाबाट १३ लाख १५ हजार ९४१ जना संक्रमित भएका छन् । कोरोनाका कारण मृत्यु हुेको संख्या ५७ हजार १०३ पुगेको छ । संक्रमितमध्ये ७ लाख १५ हजार ९०५ पूर्णरुपमा निको भएका छन् । अहिले त्यहाँ ५ लाख ४२ हजार बढीको कोरोना सक्रिय रहेको छ । तीमध्ये ८ हजार ३१८ को अवस्था गम्भीर रहेको छ ।

रुसमा अहिलेसम्म त्यहाँ ६ लाख २७ हजार ६४६ मानिस कोरोनाबाट संक्रमित भएका छन् । कोरोनाका कारण मृत्यु हुनेको संख्या भने ८ हजार ९६९ पुगेको छ । संक्रमितमध्ये ३ लाख ९३ हजार बढी पूर्णरुपमा निको भएका छन् । अहिले त्यहाँ २ लाख २५ हजार बढीमा कोरोना संक्रिय रहेको छ । तीमध्ये २३ सयको अवस्था गम्भीर रहेको छ ।

भारतमा पछिल्लो समय दैनिक संक्रमित संख्या र मृत्यु संख्या झन् बढ्दै गएको छ । भारतमा हालसम्म ५ लाख २९ हजार बढी संक्रमित भएका छन् । कोरोनाका कारण १६ हजार १०३ जनाको ज्यान गएको छ । संक्रमितमध्ये ३ लाख १० हजार बढी पूर्ण रुपमा निको भएका छन् । अहिले त्यहाँ २ लाख बढीमा कोरोना सक्रिय रहेको छ । तीमध्ये ८ हजार ९९४ जनाको अवस्था गम्भीर रहेको छ ।

बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ हजार ५१४ पुगेको छ । संक्रमितको संख्या भने ३ लाख १० हजार नाघेको छ । स्पेनमा कोरोना संक्रमितको संख्या २ लाख ९५ हजार ५६४ पुगेको छ । स्पेनमा कोरोनाका कारण २८ हजार ३४१ जनाले ज्यान गुमाएका छन् । कुल संक्रमितमध्ये २ लाख बढी पूर्णरुपमा निको भइसकेका छन् । अहिले त्यहाँ ४० हजारमा कोरोना सक्रिय रहेको छ ।

कारोनाभाइसकका कारण धेरै मृत्यु हुनेमा इटाली पनि पर्छ । अहिलेसम्म त्यहाँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३४ हजार ७१६ पुगेको छ । अहिलेसम्म त्यहाँ २ लाख ४० हजार बढी कोरोनाबाट संक्रमित भएका छन् । कुल संक्रमितमध्ये १ लाख ८८ हजार पूर्णरूपमा निको भइसकेका छन् । अहिले इटालीमा १६ हजारमा कोरोना सक्रिय रहेको छ भने २९३ को अवस्था गम्भीर रहेको छ ।

कोरोनाको उद्गम स्थल चीनमा भने अहिलेसम्म कोरोना संक्रमितको संख्या ८३ हजार ४८३ पुगेको छ । चीनमा अहिलेसम्म ६ हजार ६३४ जनाको मृत्यु भएको छ । त्यहाँ ७८ हजार ४४ जना भने पूर्णरुपमा निको भइसकेका छन् ।