May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

आज जननेता मदन भण्डारीको ६९ औँ जन्मजयन्ती मनाइँदै

आज जननेता मदन भण्डारीको ६९ औँ जन्मजयन्ती मनाइँदै

आज नेकपा एमालेका महासचिव जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती मनाइँदैछ । विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेका बेला नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद (जबज)’ को सिद्धान्त प्रतिपादन गरी लोकप्रिय हुनुभएकाे थियाे । जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ ।

तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो । भण्डारीको जन्म विसं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो ।

आज विविध कार्यक्रम गरी जन्मजयन्ती मनाउँदै छन् । स्व. भण्डारीको जन्मजयन्ती भएका कारण आज बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठक पनि स्थगित गरिएको छ।